पाँच करोडको दैनिक व्यापार सुक्याे, पारि सुनसान वारि गुलजार

स्याङ्जा, असोज १२ गते । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा बाहै माहिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
पुतलीबजार नगरपालिका ११ मायाँटारीका ४५ बर्षिय बोधराज अर्यालको बगैचामा हरेक महिना फरक फरक जातको सुन्तलाको स्वाद लिन पाइन्छ ।
जग्गा भाडाँमा लिएर ४५ रोपनी क्षेत्रफलमा अयालले गरेको सुन्तला खेतीले जिल्लामै छुट्टै पहिचान बनाएको छ । नेपाली बिभिन्न जात सहित २० जातका सुन्तला रहेको अर्यालको बगैचामा अहिले जापानीज उन्सु जातको सुन्तला पाकेको हो र र धनकुटाको खोपु, जापानी भ्यालेन्सिया लेट फागुनसम्म फाइने आर्यलले बताउनुभयो ।