अमेरिका, युरोप र जापानका गरी २० जातका सुन्तला बाह्रै महिना फल्छन्

अमेरिका, युरोप र जापानका गरी २० जातका सुन्तला बाह्रै महिना फल्छन्

स्याङ्जा, असोज १२ गते । सुन्तलाको लागि प्रसिद्ध स्याङ्जामा बाहै माहिना सुन्तला पाइन्छ भन्दा अचम्म लाग्ला, तर अचम्म मान्नु पर्दैन यहाँ हरेक महिना फरक फरक जातको सुन्तला पाइने गर्दछ ।
पुतलीबजार नगरपालिका ११ मायाँटारीका ४५ बर्षिय बोधराज अर्यालको बगैचामा हरेक महिना फरक फरक जातको सुन्तलाको स्वाद लिन पाइन्छ ।
जग्गा भाडाँमा लिएर ४५ रोपनी क्षेत्रफलमा अयालले गरेको सुन्तला खेतीले जिल्लामै छुट्टै पहिचान बनाएको छ । नेपाली बिभिन्न जात सहित २० जातका सुन्तला रहेको अर्यालको बगैचामा अहिले जापानीज उन्सु जातको सुन्तला पाकेको हो ।
यहाँ भदौ असोजमा उन्सु पाउने गर्दछ भने कार्तिकमा जापनी मुन्तला पाइने अर्यालले बताउनुभयो । मङसिरबाट स्याङजा स्पेसल, जुनार र धनकुटाको खोपु, जापानी भ्यालेन्सिया लेट फागुनसम्म फाइने आर्यलले बताउनुभयो ।
चैतमा अमेरिकी मर्कट र बैशाखमा पाकिस्तानी किन्नु जातको सुन्तला आफ्नो बगैचा पाइने अर्यालको भनाई थियो । जेठ, असार र साउनमा यहाँ अष्टे«लियाली मान्ड्रिङ, मान्ड्रिङ आरेनो, मान्ड्रिङ इम्पेरियल, एभिना, भ्यालेसियाँ सिडिङ, नाभेल ३१५ इटाली जातका सुन्तला पाइने गर्दछ ।
उन्सु जिल्लका पाचँ जना कृषकको रहेपनि अन्य जातका बिदेशी सुन्तला उत्पादन गर्ने अर्याल एक मात्र हुन् । अर्यालको बगैचामा नेपाली एक हजार, उन्सु एक सय, मुन्तला २०, अन्य एक सय बोट रहेका छन् । बेमौसमी सुन्तलाले धेरै आम्दानी हुने र बाहिरी देशबाट आउने सुन्तलाको प्रतिस्थापन गर्ने उदेश्यले बिदेशबाट सुन्तलाको बोट ल्याएर लगाएको अर्यालले बताउनुभयो ।
नेपाली सुन्तला किलोको ५० मा बिक्री हुने बताउदै अर्यालले अन्य बेमौसमी सुन्तला १५० रुपियाँ सम्म बिक्री हुने बताउनुभयो । जापनी सुन्तलाहरु किर्तीपुरबाट १० बर्ष पहिला ल्याएर लगाउनु भएको हो भने बिज्ञहरुको पहलमा माटो सुहाउने सुन्तला ल्याएको र कलमी गरेर बिस्तार गर्न थालेको अर्यालले बताउनुभयो ।
समुन्द्र सतहबाट आठ सय मिटरको उचाईमा सुन्तला पाइने भएकाले सोहि हावापानीको खोजी खोजी लगाएको अर्यालले बताउनुभयो । सुन्तला लगाएरै बार्षिक १५ लाख आम्दानी गरेको बताउदै अर्यालले बिदेशी सुन्तलालाई धेरै क्षेत्रफलमा लगाएर थप उचाईमा पुग्ने बताउनुभयो । उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन परियोजनाका अध्यक्ष पनि हुनुहुन्छ ।